सिरहा । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गणेश यादवको निधन भएको जानकारी प्राप्त भएको हो । घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रशासनका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ । सम्भावित थप अप्रिय घटना हुन नदिन सिरहाका विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । राहुल राय/नेपाल न्यूज बैंक
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved