Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

देवकुमारी थापा र बबरसिंह थापा गुठीद्वारा सम्मानको घोषणा

उद्घोष सम्वाददाता
२१ चैत २०८०, बुधवार

विराटनगर । बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान २०८० हास्यव्यङ्ग्य निबन्धकार डा.रामकुमार पाडेलाई प्रदान गरिने भएको छ ।

६ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको हास्यव्यङ्ग्य विधामा दिएको योगदानका लागि साहित्यकार पाडेलाई उक्त सम्मान प्रदान गरिने भएको हो । पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ ।

उनका ख्यालख्याल, सन्चै छ, मोज गर्नोस्, बाबुको बिहे हास्यव्यङ्ग्य निबन्ध संग्रह साथै नेपाल जापान सम्बन्ध, नेपाल निर्माणको गौरव गाथा लगायत संस्कृति, भूगोल, लोकसाहित्य र बालसाहित्यका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

यसैगरी दुई दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कथा विधामा दिएको योगदानका लागि कथाकार रीता ताम्राकारलाई २०८० सालको बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कारबाट   पुरस्कृत  गरिने  भएको छ ।

उनका तुषारापात, दृश्य परिदृश्य, अनाम परिधि, संवेग कथा संग्रह प्रकाशित छन् ।

सो  पुरस्कारको राशि  २५ हजार रहेको छ । गुठीका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त पुरस्कार र सम्मान दिने निर्णय गरेको हो । सो पुरस्कार आगामी २०८१ बैशाख १५ गते विराटनगरमा समर्पण गरिने बताइएको छ ।

View : 90

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved