Biratnagar, Morang, Nepal
२६ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीद्वारा आन्दाेलनकाे तयारी

२५ साउन २०८३, सोमवार

Advertisement

विराटनगर । नेपाल शिक्षक महासंघले आफ्ना मागहरूको बेवास्ता गरेको भन्दै नेपाल अस्थायी शिक्षक तथा विद्यालय कर्मचारी संघले छुट्टै आन्दोलन गर्ने तयारी गरेको छ।

नेपाल अस्थायी शिक्षक महासंघ तदर्थ समितिका संयोजक विष्णु खत्रीका अनुसार महासंघले अस्थायी र विद्यालय कर्मचारीका मुद्दाहरूलाई छाडेकाले आफूहरू बाध्य भई छुट्टै आन्दोलनमा उत्रिन लागेका हुन्।

हाल देशभर करिब १ लाख ३० हजारको संख्यामा रहेका अस्थायी, राहत, बालविकास, लेखापाल, स्थानीय तह, प्रदेश र प्राविधिक धार गरी १४ प्रकारका शिक्षक तथा कर्मचारीहरू संगठित भई आन्दोलनको तयारीमा जुटेका छन्।

 

महासंघ गठनका लागि कम्तीमा ५ हजार सदस्य संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेकाले सोहीअनुसार अहिले संगठन विस्तार तथा तयारी तीव्र पारिएको तदर्थ समितिका केन्द्रीय सदस्य विश्वनाथ भट्टराईले जानकारी दिएका छन्।

उनले आफ्नो मुख्य माग पेसागत निरन्तरता र सामाजिक सुरक्षा कोष रहेको स्पष्ट पार्दै राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

 

भट्टराईका अनुसार अस्थायी शिक्षक तथा विद्यालयको कर्मचारीको माग पूरा गर्नका लागि अनुरोध गर्दै शिक्षा मन्त्री सस्मित पोखरेल र शिक्षा सचिव चुडामणि शर्मालाई नेपाल अस्थायी शिक्षक तथा विद्यालय कर्मचारी संघले छुट्टाछुट्टै ज्ञापनपत्र दिइसकेको छ । 

View : 1131

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved