Biratnagar, Morang, Nepal
९ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

ताप्लेजुङको दोभान बजारमा १० घर जले, आगलागी नियन्त्रणमा

उद्‌घोष संवाददाता
८ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । बिहीबार दिउँसो ताप्लेजुङको मेरिङ्देनस्थित दोभान बजारमा भएको आगलागी भएको छ । आगलागीबाट १० घर जलेका छन् । 

बिहीबार दिउँसो मेरिङदेन गाउँपालिका–३ दोभानमा आगलागी भएको सोही वडाका वडाध्यक्ष गजिन्द्रकुमार लिम्बूले बताए । उनले सदरमुकाम फुङ्लिङबाट आएका दुई वटा दमकलको सहायतामा आगो निभाइएको जानकारी दिए ।

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले पनि आगलागी नियन्त्रणमा आएको बताए । दोभान बजारका स्थानीयबासी डन्डु शेर्पाको घरबाट आगलागी सुरु भएको जनाइएको छ ।

शेर्पाको घरको मिटरबक्स पड्किंदै आगो सल्किएको जानकारी आएको वडाध्यक्ष लिम्बूले बताए ।

अहिलेसम्म १० वटा घर जलेका छन् । क्षतिको यकिन विवरण आउन समय लाग्ने बताए ।

View : 61

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved