विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोले प्रदेशमा उद्योग–व्यवसाय तथा स्वदेशी उत्पादनको प्रवर्द्धन, बजारीकरण र संरक्षणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित ३५औँ कार्यसमितिलाई स्वागत तथा बधाई दिन बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतोले प्रदेशको आर्थिक समृद्धिका लागि कृषि, उद्यमशीलता तथा निजी क्षेत्रका संघ–संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
मन्त्री महतोले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै कोशी प्रदेशमा उद्योग–व्यवसायको विकास तथा स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साहले प्रदेश सरकार तथा मन्त्रालयले दिएको सम्मान र शुभेच्छाप्रति आभार व्यक्त गरे ।
उनले उद्योग–व्यवसायको संरक्षण, प्रवद्र्धन तथा समग्र आर्थिक समृद्धिका लागि संघ प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न तयार रहेको बताए ।
स्वागत तथा शुभकामना कार्यक्रममा संघका अध्यक्ष साहसहित पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजकलगायतको उपस्थिति थियो ।
View : 27
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved