विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स सहित ओसारपोसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार अपरान्ह इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्समा प्लास्टिकको बोरामा लुकाई राखेको १४८ किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै ओसारपोसारमा संलग्न चालक भारत बिहार सुपोलका धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समा सवार मो.सदामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
View : 103
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved