विराटनगर । कांग्रेस–एमालेले आलोपालो जित्दै आएको उदयपुरका दुवै क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बर बहादुर रायमाझी निर्वाचित भएका थिए । तर यसपटक भने दुवै क्षेत्रमा कांग्रेस–एमालेका उम्मेदवार पराजित भएका छन् ।
क्षेत्र नम्बर १ मा रास्वपाका पारसमणि गेलाल १८ हजार ९८४ मतान्तरका साथ निर्वाचित भएका छन् ।
उनले ३० हजार ५९० मत पाएका छन् । क्षेत्र नम्बर १ मा कांग्रेस–एमालेका उम्मेदवार दोस्रो समेत हुन सकेनन् । यहाँ रास्वपाको प्रमुख प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राई रहेका छन् ।
राईले ११ हजार ६०६ मत प्राप्त गरेका हुन् । उदयपुर १ मा ७९ हजार ९५६ खसेको थियो । रास्वपाका उम्मेदवार गेलालले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गर्दै जित सुनिश्चित गरेका हुन् ।
यहाँ नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरी १० हजार २१ मतका साथ तेस्रो बने । त्यस्तै नेपाली कांग्रेसका बिदुर बस्नेत ९ हजार ६७५ र नेकपा एमालेका दुर्गाकुमार थापा ९ हजार २०६ मत पाएर चौथो बनेका हुन् ।
यता, उदयपुर–२ मा पनि रास्वपाका सूर्य तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।
उनीले १४ हजार ८०२ मतसहित विजयी भए । नेकपा एमालेका उम्मेदवार अम्बर बहादुर रायमाझीले ७ हजार ६४८ मत पाएका हुन् ।
नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९० मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश कुमार राईले ५ हजार ११७ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले पनि ३ हजार १३९ मत प्राप्त गरेका छन् ।
उदयपुर–२ मा ९६ हजार १३१ मतदाता रहेकोमा ४४ हजार ६३४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
View : 61
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved