Biratnagar, Morang, Nepal
२२ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

नर्वेसँग पराजित भएपछि नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

उद्‌घोष संवाददाता
२२ असार २०८३, सोमवार

Advertisement

काठमाडौं । ब्राजिलियन फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । 

फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । 

अमेरिकाको न्युजर्सी रंगशालामा नेयमारले ब्राजिलका लागि सान्तवना गोल गरेका थिए । इन्जुरी टाइममा पेनाल्टीमार्फत प्रतियोगितामा एक गोल मात्र गरेका थिए । 

नेयमारले चारवटा फिफा विश्वकप खेले । जारी विश्वकपमा भने उनी पूर्ण फिट नभएका कारण दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए । 

नेयमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । सन् २०१० मा सिनियर टोलीबाट डेब्यू गरेका ३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ खेलमा ८० गोल गरे ।

View : 47

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved