विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले पार्टीभित्र देखिएको वर्तमान परिस्थितिमा आफू एकताको १५औँ महाधिवेशनको पक्षमा दृढतापूर्वक उभिएको बताएका छन् ।
चापागाईंले आफ्नो राजनीतिक यात्रामा प्राप्त माया, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आसन्न दुई अधिवेशन घोषणा भएको कठिन परिस्थितिमा आफू एकताको महाधिवेशनमा मात्र सहभागी हुने स्पष्ट पारेका हुन् ।
उनले विभाजनले नभई एकताले कांग्रेसलाई बलियो बनाउने उल्लेख गर्दै सबै मतभेदभन्दा माथि उठेर साझा सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
“आसन्न दुई अधिवेशन घोषणा भएको यस कठिन घडीमा म एकताको १५औँ महाधिवेशनको पक्षमा दृढतापूर्वक उभिएको छु र एकताको महाधिवेशनमा मात्र सहभागी हुनेछु,” चापागाईंले भनेका छन् ।
उनले कांग्रेसको वर्तमान अवस्थालाई चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पार्टीको हितका लागि एकता, सहमति र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
View : 111
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved