काठमाडौँ । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई पराजित गरेको छ ।
रुवाण्डाको किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हराउँदै जित हात पारेको हो ।
घरेलु टोली रुवाण्डाले नेपाललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो ।
जवाफमा नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको लागि सम्झना खड्काले सर्वाधिक ४८ रनको योगदान दिइन् । त्यस्तै पूजा महत्तोले १३ तथा विन्दु रावलले १० रन जोडिन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको रुवान्डाले १९.४ ओभरमा सबै विकेट गुमाएर ८८ रनको योगफल बनाएको थियो ।
रुवाण्डाका लागि चार ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके । एलिस इकुजवेले सर्वाधिक १७ रन बनाइन् भने मर्वे उवासले १५, क्लेरिस उमुटोनिवासेले १३ तथा रोसिन उवेराले १२ रन जोडिन् ।
रुवाण्डालाई कम रनमै समेट्नेक्रममा नेपालका लागि रचना चौधरीले ३, पूजा महतो र कविता कुँवरले समान दुई/दुई तथा मनिष उपाध्याय र रिया शर्माले समान एक/एक विकेट लिइन् ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले सुरुआत गरेको यस प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । त्यस्तै लिगको सबै खेलपश्चात् शीर्ष स्थानमा रहने देश विजेता टोली बन्नेछ । रासस
View : 112
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved