Biratnagar, Morang, Nepal
२७ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

मिल्स टि– २० क्रिकेटको उपाधि वाइआरसीसीलाई

उद्‌घोष सम्वाददाता
८ जेठ २०८१, मङ्गलवार

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि– २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले जितेको छ । 

मंगलबार विराटनगर जुटमिलको खेलमैदानमा भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्लबलाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाईआरसीसीले उपाधि जितेको हो । 

जितसँगै वाईआरसीसीले १ लाख ५१ हजार र ट्रफी हात पारेको छ । उपबिजेता होराइजनले ७५ हजार रुपैयाँ पाएको छ ।

वाईआरसीसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई २४६ रन बनाएको हो । जितको लागि वाईआरसीसीका देव खनालले आक्रमक ब्याटिङ गर्दै सतक कटाएका थिए । 

वाईआरसीसीले दिएको २४७ रनको विशाल लक्ष्य पछ्याएको होराइजनले ७.१ ओभरमा सबै विकेट गुमाइ ४६ रन मात्रै बनायो । 

विजेता टिमलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सृजना राई, खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुरारी चौधरीले पुरस्कार वितरण गरेका थिए । 

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुद महासंघको आयोजनामा बैशाख २८ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालका १० र भारतका ६ गरी १६ टिमको सहभागिता रहेको थियो ।

View : 349

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved