विराटनगर । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. ४ (२) मोरङको अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अधिवेशनले सुबोध निरौलालाई दोस्रो कार्यकालका लागि पुनः सभापति पदमा चयन गरेको छ।
कार्यसमितिको उप-सभापतिमा अर्जुन कार्की र सचिवमा ई. पवन भट्टराई चयन भएका छन् ।
त्यसैगरी सह-सचिव पदमा निश्चल अर्याल र पुण्यकुमारी भट्टराई (पुनम) छन् ।
यस्तै, कार्यसमितिको सदस्यहरूमा सिर्जना खड्का, गोपालप्रसाद भट्टराई, जवाहर राजवंशी, हरिबहादुर कार्की, अरुण राजवंशी, रोशन बुढाथोकी, ममता कर्ण र विनोदकुमार यादव सर्वसम्मत चयन भएका छन् ।
सबै पदहरूमा आपसी समझदारी र सहमति जुटाउँदै नयाँ नेतृत्व चयन गरिएको बताइएकाे छ ।
सभापति निरौला स्वयमसेवी रक्तदातासमेत हुन् ।
View : 237
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved