सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाको उपमेयर सीप विकास कार्यक्रमअन्तर्गत वडा नं. १२ मा मकैको खोस्टाबाट ब्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुरू गरिएको छ । १५ दिने सो तालिममा १५ जना सहभागी छन् ।
तालिमको उद्घाटन गर्दै उपप्रमुख अकली चौधरीले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी आयआर्जन तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता सीपमूलक तालिम महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख गुणनिधि दाहालले स्थानीय स्रोतमा आधारित उद्यम विकास, आयआर्जन वृद्धि तथा महिलाहरूको आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर तालिम सञ्चालन गरिएको बताए ।
उनका अनुसार तालिममा मकैको खोस्टा संकलन, प्रशोधन, रङ्गाइ तथा सुकाउने विधि, डिजाइन विकास, ब्याग, पर्स तथा विभिन्न सजावटी सामग्री निर्माण, गुणस्तर व्यवस्थापन, लागत तथा मूल्य निर्धारण, प्याकेजिङ, ब्रान्डिङ तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ ।
View : 25
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved