Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

उद्योगी तथा समाजसेवी घनश्याम राठीको निधन

उद्‌घोष संवाददाता
११ जेठ २०८३, सोमवार

विराटनगर । विराटनगरका उद्योगी तथा समाजसेवी घनश्यामजी राठीको ८२ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको छ ।

विराटनगरमा राठी परिवारको औद्योगिक विरासत स्थापनामा  योगदान दिएका राठी जीवनकालमा निकै सक्रिय थिए । 

विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका उनले सेवा क्षेत्रमा निकै रुचिका साथ आफूलाई समर्पित गर्थे । स्वर्गीय राठीका महेन्द्र र राजेन्द्र सहित दुई छोरा छन् । 

राठीले होमियोप्याथिक चिकित्सा पद्धतिको विकास एवम् विस्तारमा विशेष योगदान दिएका थिए । 

विराटनगरको माहेश्वरी समाजद्वारा सञ्चालित महेश होमियो तथा दातब्य औषधालयको संयोजक रहिसकेका राठीले आफनो परिवारको नाम तथा निजी खर्चमा पुष्पलाल चोकमा होमियोप्याथिक औषधालय पनि सञ्चालनमा गरेका छन् । 

उनको सोमबार बिहान हाटखोलास्थित परम विश्रान्ति घाटमा अन्तिम संस्कार गरिने बताइएको छ । 

उनको अन्तिम यात्रा सोमबार बिहान ११ बजे विराटनगरस्थित इस्टर्न सिटी, बञ्जारा चोकबाट हाटखोलास्थित परम विश्रान्ति घाटतर्फ लगिने परिवारले जनाएको छ ।

View : 163

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved