Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

इष्टर्न कलेजका नवआगन्तुक विद्यार्थीको स्वागत

उद्‌घोष संवाददाता
१४ चैत २०८१, बिहिवार

विराटनगर । इष्टर्न कलेज अफ इन्जिनियरिङमा शैक्षिक सत्र २०२३ र २०२४ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । कलेजले हरेक वर्षझैं नवआगन्तुक विद्यार्थीको यस वर्ष पनि स्वागत गरेको हो ।

कलेजका प्रिन्सिपल इन्जिनियर अमित सुरानाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा विजुकुमार थपलिया, कलेजका निर्देशक प्रकाश मुन्दडा, कार्यकारी निर्देशक अरुणकुमार राठी, नेपाल विद्युत प्राधिकरण विराटनगरका निर्देशक इन्जिनियर मुनिन्द्र ठाकुर, नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका निर्देशक सुवास झा, साना सिंचाइ कार्यक्रम विराटनगरका टिम लिडर इन्जिनियर गुणराज श्रेष्ठ लगायतले विद्यार्थीहरूलाई स्वागत गर्दै मुलुकका लागि आवश्यक दक्ष जनशक्तिका रुपमा काम गर्नसक्ने बन्न शुभकामना दिएका थिए ।

कार्यक्रमका अवसरमा नयाँ विद्यार्थीहरूलाई अबिर लगाएर स्वागत गरिएको थियो । साथै उत्कृष्ट हुने विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको जनाइएको छ । 

सोही अवसरमा बुइल्ड मोडल कम्पिटिसन २०८१ मा प्रथम भएका ‘मोडल सी’ का विद्यार्थीहरूलाई पुरस्कृत गरिएको कलेजले जनाएको छ । 

नयाँ विद्यार्थीहरूलाई कलेजका अन्य विद्यार्थीहरूले विभिन्न गीत संगीत प्रस्तुत गरेर मनोञ्जन प्रदान गरेका थिए ।

View : 310

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved