Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकारिता तालिमको सुरुआत

उद्‌घोष संवाददाता
५ जेठ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाको सहयोग तथा नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरको आयोजनामा दुुुई हप्ते पत्रकारिता सीप अभिवृद्धि तालिमको सुरुआत भएको छ । 

सोमबारदेखि सुरु भएको सो तालिममा १८ जना प्रशिक्षार्थीको सीप अभिवृद्धि गर्ने उद्देश्यसहित सो तालिमको सुरुआत गरिएको हो ।

प्रेस इन्स्टिच्यूट मोरङका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा सुरु भएको सो औपचारिक कार्यक्रमको सञ्चालन बन्धु पोखरेलले गरेका थिए । 

सो तालिममा ३० वर्षभन्दा बढी समय पत्रकारिता क्षेत्रमा कलम चलाइसकेका अग्रज तथा अनुभवी एवं पत्रकारिता पढाउँदै अँएका पत्रकारबाट प्रशिक्षण दिइने भएको छ ।

तालिममा पत्रकार यज्ञ शर्मँ, महेन्द्र मोरङ क्याम्पसका पत्रकारिता विषयका प्राध्यापक महेन्द्र विष्ट, बन्धु पोखरेल, महाप्रसाद खतिवडा, महेन्द्र मोरङ कलेजका प्राध्यापक विजयहरि खतिवडाले प्रशिक्षण दिनेछन् ।
तालिममा विराटनगरका विभिन्न शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको बाहुल्यता छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, विराटनगर महानगरपालिकाकी सूचना शाखा प्रमुख कमला निरौला लगायतले पत्रकारिताको महत्वबारे प्रकाश पारेका थिए ।

२०४१ सालमा स्थापना भएको नेपाल प्रेस इन्स्टिच्युटले नेपालको पत्रकारिताको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईंटेल, विराटनगर महानगरपालिकाका प्रेस सल्लाहकार मीनकुमार श्रेष्ठदेखि लिएर नेपाल पत्रकार महासंघका सभापतिहरू एवं राष्ट्रपतिका प्रेस सल्लाहकारले समेतले सोही संस्थाबाट प्रशिक्षण लिइसकेको क्षेत्रीय सञ्चार स्रोत केन्द्रका कार्यालय सचिव वीरेन्द्र शर्माले बताए ।

पत्रकारको आधारभूति ज्ञानदेखि समाचार संकलन, समाचार लेखन, अन्तर्वार्ता लिने सीप लगायतका क्षेत्रको विकास गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको सचिव शर्मँले बताए ।

View : 116

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved