विराटनगर । न्यूरो अस्पताल विराटनगरले रंगेली–१ बबियाबिर्तामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाल क्षयरोग निवारण संस्था, गणेशमान सिंह फाउण्डेशन, तोरेन्द्र मान सिंह फाउण्डेशन, लायन्स क्लब अफ विराटनगर, रंगेली नगरपालिकालगायतका संघ संस्थाहरूसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा गोल्छा आँखा अस्पतालको पनि सहभागिता रहेको थियो ।
न्यूरो अस्पतालका वरिष्ठ विशेषज्ञ न्युरो सर्जन डा.सुनिलकुमार दास, वरिष्ठ विशेषज्ञ न्यूरोलोजिष्ट डा.सुनन्द पौडेल, वरिष्ठ न्युरो सर्जन डा.आशीषजंग थापा, वरिष्ठ विशेषज्ञ गाइनेक्लोजिष्ट डा.निशा अधिकारी, वरिष्ठ विशेषज्ञ रेडियोलाजिष्ट डा. पन्नालाल साह, वरिष्ठ विशेषज्ञ ग्यास्ट्रोलोजिष्ट डा. भुवनेश्वर यादव, वरिष्ठ युरो सर्जन डा. पुरुषोत्तम पराजुली, वरिष्ठ हाड जोर्नी रोग विशेषज्ञ डा. अमित देव, वरिष्ठ बाल रोग बिशेषज्ञ डा. सुरेशप्रसाद साह, विशेषज्ञ जनरल सर्जन डा.प्रज्वल खतिवडा लगायतको चिकित्सकको टोलीले बिरामीहरूको स्वास्थ्य जाँच गरेको हो ।
शिविरमा ५४ जनाको भिडियो एक्सरे, ३३ जनाको ईसीजी, ४५० जनाको सुगर जाँच गरिएको थियो ।
त्यसैगरी बिरामीहरूलाई औषधि पनि निःशल्क बाँडिएको थियो । शिविरमा देखाएको पुर्जाको आधारमा थप उपचारका लागि न्युरो अस्पतालमा देखाउँदा ओपीडी निःशुल्क, सम्पूर्ण जाँचमा २५ प्रतिशत तथा अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ ।
View : 338
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved