संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भिरमा रहेको ओडारबाट प्रहरीले ३ थान भरुवा बन्दुक बरामद गरेको छ ।
अस्थायी प्रहरी पोस्ट सभाखोला संखुवासभाबाट खटिएको प्रहरी टोलीले ओडारभित्र प्लास्टिकले बेरेर लुकाईछिपाई राखेको अवस्थामा ३ थान भरुवा बन्दुक, १ थान सलाईको बट्टा र ५० ग्राम सलाईको बारुद फेला पारी बरामद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गस्तिमा खटिएको प्रहरीको टोलीले मोरङको उर्लाबारी नगरपालिका–१ कत्लेस्थित जनज्योति सामुदायिक वनबाट बोरामा लुर्का राखिएको १ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने १३ थान धातुको किट र ४५ ग्राम ८८० मिलिग्राम बारुद फेला पारी बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 25
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved