Biratnagar, Morang, Nepal
२३ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

पूर्वमन्त्री अधिकारीका पिता दुर्गाप्रसादको निधन, परोपकार घाटमा अन्तिम संस्कार

उद्‌घोष संवाददाता
२२ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री एवम् उच्च अदालत बार एशोसिएशन विराटनगरका पूर्वअध्यक्ष लीलावल्लभ अधिकारीका पिता दुर्गाप्रसाद अधिकारीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

अधिकारीको बुधबार राति घरमै निधन भएको हो । उनको बिहीबार दिउँसो विराटनगर–१ स्थित परोपकार घाटमा अन्त्येष्टी गरिएको छ ।


अन्त्येष्टीका क्रममा नेकपा (एमाले) प्रतिनिधि सभा संसदीय दलका उपनेता गुरु बराल, केन्द्रीय सदस्यहरू जीवन घिमिरे र ऋषिकेश पोखरेल, कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी लगायतले पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. उद्धवप्रसाद पोखरेलले जानकारी दिए ।


श्रद्धाञ्जली सभामा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, कानुन व्यवसायी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । स्वर्गीय अधिकारीका धर्मपत्नी तुमादेवी, तीन छोरा लीलावल्लभ, गणेशप्रसाद र घनश्याम तथा चार छोरीहरू तारा, सीता, यमुना र अमृता छन् ।

 

View : 176

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved