Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

कोशीमा ६० जना डी लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक उत्पादन

उद्घोष सम्वाददाता
२३ चैत २०८०, शुक्रवार

सुनसरी । कोशी प्रदेशमा ६० जना डी लाइसेन्स प्राप्त फुटबल प्रशिक्षकहरु उत्पादन भएका छन् । कोशी प्रदेश फुटबल संघको आयोजनामा चार दिन अघि धरानमा सुरु भएको एन्फा डी कम्युनिटी प्रशिक्षण कोर्षबाट ६० जना प्रशिक्षक उत्पादन भएका हुन् ।

फुटबलको उर्वरभूमि मानिएको पूर्वमा प्रशिक्षकको अभाव टार्न तथा खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले गत सोमबार सुरु भएको कोर्षमा उत्तीर्ण प्रशिक्षार्थीहरुलाई बिहीबार लाइसेन्स बितरण गरिएको हो । 

सहभागी प्रशिक्षार्थीहरुलाई संघका अध्यक्ष किशोर राई र कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रमाणपत्र बितरण गरे ।

फुटबलको प्रशिक्षणको पहिलो खुड्किलोको रुपमा रहेको डी लाइसेन्स प्राप्त उनीहरुले अब सी लाइसन्सका लागि योग्य हुने छन् । कोशी प्रदेशका बिभिन्न ११ जिल्लाका सहभागी उनीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका प्रशिक्षण बिभाग प्रमुख सञ्जित सिंह र हरि खड्काले प्रशिक्षण गराएका थिए ।

यसअघि प्रदेश फुटबल संघले सी लाइसेन्स कोर्ष गरिसकेको र अब बी लाइसेन्स कोर्षको तयारी गरिएको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए ।

View : 74

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved