Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

कुमार पृथुको नाट्य संग्रह 'अदृश्य पीडाहरू'  सार्वजनिक

उद्‌घोष संवाददाता
४ भदौ २०८२, बुधवार

विराटनगर - लेखक कुमार पृथुद्वारा लिखित नाट्य संग्रह ‘अदृश्य पीडाहरू’ विराटनगरमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रमुख अतिथिका रूपमा उपस्थित भई पुस्तक विमोचन गरेका हुन्।

 

‘संवाद उत्सव’ नामक कार्यक्रममा समाजसेवी पारुल क्षेत्री, विवेक तिमिल्सिन्हा, कुमार भास्कर र हुसेन शे्ख लगायतका विशिष्ट व्यक्तिहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

 

'अदृश्य पीडाहरू' मा दृष्टिविहीनताको पीडा र त्यससँग सम्बन्धित सामाजिक यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। पुस्तकले मानव जीवनमा आँखाको महत्त्व, दृष्टि गुमाउँदा भोग्नुपर्ने वेदना, र त्यसको परिवार तथा समाजमा पर्ने असरलाई गहिराइपूर्वक चित्रण गरेको छ।

उदघोष दैनिकका स्तम्भकार समेत रहेका सो पुस्तकका लेखक  तथा विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले आफ्नो कृतिले दृष्टिविहीनहरूलाई केवल पीडित पात्रका रूपमा नभई समाजले संवेदनशीलता र मानवताका आधारमा स्वीकार गर्नुपर्ने सन्देश बोकेको बताए।

कार्यक्रममा सहभागी साहित्यकार तथा सामाजिक अभियन्ताहरूले यो नाट्य संग्रह नेपाली नाट्य साहित्यमा एउटा महत्त्वपूर्ण योगदानका रूपमा आएको बताए। उनीहरूका अनुसार यो कृतिले ‘दृष्टि’ र ‘जीवनदृष्टि’ को संयोजनमार्फत समाजलाई चेतना र संवेदनशीलताको गहिरो सन्देश दिन सफल भएको छ।

View : 383

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved