Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

आईसीटी फाउन्डेसनद्वारा इटहरीमा अभिमुखीकरण

उद्‌घोष संवाददाता
२१ वैशाख २०८३, सोमवार

विराटनगर । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा ‘डिजिटल एन्ड आईटी–इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम’ अन्तर्गत अभिमुखीकरण कार्यक्रम गरेको छ । 

कार्यक्रम औद्योगिक उद्यम विकास संस्थानको समन्वयमा सञ्चालन गरिएको हो ।

सो कार्यक्रममार्फत ५० भन्दाबढी प्रारम्भिक चरणका स्टार्टअपहरूलाई इन्क्युबेसन सहयोग प्रदान गर्ने लक्ष्य राखिएको छ । 

मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने हाइब्रिड मोडलको यस पहलअन्तर्गत सहभागी स्टार्टअपहरूले विशेषज्ञसँगको वान–टु–वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट तथा भ्यालिडेसन सपोर्ट र इन्भेस्टर रेडिनेस तयारी सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।

इन्क्युबेसन कार्यक्रममा १२ स्टार्टअप टोलीहरू सहभागी थिए । जसमा डिजिटल, खाजा घर, कृषि कम्पास, लोकल बजार, मन्थन, मेडिक्याब टेक्नोलोजिज प्रा.लि., मेरो सफारी मेरो गुनासो, माइन्ड ब्रिज, सफारी यात्री, सजिलो, उत्सव इभेन्ट्स र भोल्टभी चयन भएका छन् ।

कार्यक्रममा विभिन्न प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सक्रिय विज्ञहरूले आफ्ना अनुभव साझा गरेका थिए । नेशनल इन्नोभेसन सेन्टरका टेक लिड सञ्जय पौडेल, लुनार टेक्नोलोजीका चन्द्र आचार्य र क्षितिज दाहाल, किङ्सपायर टेक्नोलोजिजका केशब भण्डारी तथा काफल्सका एक्जिक्युटिभ चेयरम्यान सन्तोष धमलाले स्टार्टअप विकास, बजार विस्तार, लगानी तयारी र व्यवहारिक चुनौतीका विषयमा महत्वपूर्ण धारणा राखेका थिए ।

कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सिड इन्भेस्टमेन्ट सपोर्टका साथै आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स तथा एआई कन्फरेन्सजस्ता राष्ट्रिय प्लेटफर्महरूमा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।

View : 107

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved