Biratnagar, Morang, Nepal
१५ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

शवको डीएनए गर्न भारतको विज्ञ टोली नेपालमा

उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका व्यक्तिको डीएनए परीक्षणमा सहयोग गर्न भारतबाट फरेन्सिक विशेषज्ञहरूको टोली नेपाल आइपुगेको छ । 

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार विशेषज्ञ सम्मिलित १८ जनाको टोली नेपाल आएको हो । टोलीले शवको वैज्ञानिक परीक्षण तथा पहिचान प्रक्रियामा नेपाली निकायलाई प्राविधिक सहयोग गर्नेछ ।

बाढीमा ज्यान गुमाएकाहरूको शव प्राप्त हुने क्रम जारी रहेकाले पहिचान र व्यवस्थापनलाई व्यवस्थित बनाउन फरेन्सिक जनशक्ति तथा आवश्यक सामग्री परिचालन गरिएको हो । 

सचिव राईले शव सुरक्षित रूपमा राख्न हावा नछिर्ने ‘एयरटाइट’ शव थैली प्राप्त भइसकेको र थप थैली आपूर्तिको क्रममा रहेको जानकारी दिए । 

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएका व्यक्तिको खोजी, शव संकलन तथा पहिचानको काम सम्बन्धित निकायले निरन्तर अघि बढाइरहेका छन् ।

View : 39

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved