Biratnagar, Morang, Nepal
१३ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

देवानगञ्ज घटना

संयम र सामाजिक सद्‌भाव कायम राख्न मुख्यमन्त्री कार्कीको आग्रह

उद्‌घोष संवाददाता
१२ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबार एकजना युवकको ज्यान जाने गरी भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जातीय, धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र एकता कायम राख्न आग्रह गरेका छन् ।

उनले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउनुपर्ने उल्लेख गरेका छन् ।

मंगलबार उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै उक्त घटनामा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले सामाजिक तथा सामुदायिक सद्‌भाव कायम राख्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।

जनजीवनलाई शीघ्र सामान्य बनाउन नागरिक, सुरक्षा निकाय, सञ्चारकर्मी, राजनीतिक दल तथा सरोकारवाला सबै पक्षबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार घटनाको सत्यतथ्य छानबिनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

View : 43

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved