सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको १८औं नगरसभामा आर्थिक वर्ष २०८३–०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।
नगर प्रमुख केदारप्रसाद गुरागाईंले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए भने उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गरेकी थिइन् ।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ९४ करोड २४ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ४५ करोड २६ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसरी नगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ का लागि कुल १ अर्ब ४२ करोड रुपैयाँको बजेट विनियोजन गरेको जनाएको छ ।
नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल हुनेछ ।
छलफलका क्रममा प्राप्त सुझाव तथा संशोधनहरू समेटेर असार १६ गते बस्ने नगरसभाको दोस्रो बैठकबाट नीति, कार्यक्रम तथा बजेट पारित गर्ने कार्यसूची रहेको नगरपालिकाले जनाएको छ ।
View : 20
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved