Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

राष्ट्रिय बाल दिवस

बाल अधिकार रक्षा गर्न कानुनको प्रभावकारी कार्यन्वयन आवश्यक : मुख्यमन्त्री

उद्‌घोष संवाददाता
२९ भदौ २०८१, शनिवार

Advertisement

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बाल अधिकार रक्षाका लागि बाल अधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको बताएका छन् ।

बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गराएर मात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उनले बताए ।

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस २०८१’ मनाइँदैछ ।

यसै अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले यस प्रतिवद्धताका कारणले मात्र नभई बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठा व्यक्त गरेको बताए । उनले सरकार बाल अधिकार संरक्षणमा समर्पित भएको बताए ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे । 

‘बाल दिवसमा प्रत्येक वर्ष कोशी प्रदेश सरकारले विभिन्न योजना र कार्यक्रम गर्दै आएको छ’ मुख्यमन्त्री कार्कीले भने, ‘यो कार्य आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वास दिलाउन चाहन्छु ।’

मुख्यमन्त्री कार्कीले अझैपनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत बञ्चित हुनु परेको भन्दै चिन्ता व्यक्त गरे । उनले बालबालिकाहरूको पढ्न पाउने वातावरण बनाउनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।

View : 369

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved