Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

राष्ट्रिय बाल दिवस

बाल अधिकार रक्षा गर्न कानुनको प्रभावकारी कार्यन्वयन आवश्यक : मुख्यमन्त्री

उद्‌घोष संवाददाता
२९ भदौ २०८१, शनिवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बाल अधिकार रक्षाका लागि बाल अधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको बताएका छन् ।

बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गराएर मात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उनले बताए ।

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस २०८१’ मनाइँदैछ

यसै अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले यस प्रतिवद्धताका कारणले मात्र नभई बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठा व्यक्त गरेको बताए । उनले सरकार बाल अधिकार संरक्षणमा समर्पित भएको बताए ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे । 

‘बाल दिवसमा प्रत्येक वर्ष कोशी प्रदेश सरकारले विभिन्न योजना र कार्यक्रम गर्दै आएको छ’ मुख्यमन्त्री कार्कीले भने, ‘यो कार्य आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वास दिलाउन चाहन्छु ।’

मुख्यमन्त्री कार्कीले अझैपनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत बञ्चित हुनु परेको भन्दै चिन्ता व्यक्त गरे । उनले बालबालिकाहरूको पढ्न पाउने वातावरण बनाउनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।

View : 294

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved