Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

संविधानअनुसार बनाउनुपर्ने सबै कानुन बनाउन सांसदको माग

उद्‌घोष सम्वाददाता
१४ वैशाख २०८२, आइतवार

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसद डा बेदुराम भूसालले संविधानअनुसार बनाउनुपर्ने सबै कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद डा भूसालले विद्यालय संविधानअनुसार बन्नुपर्ने कानुन बन्न नसक्दा धेरै कामकारबाहीमा कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । 

“शिक्षकहरु ऐन जारी गर्न माग गर्दै सडक आन्दोलनमा गरेको २६ दिन भयो, सरकारले शिक्षकको मागप्रति गम्भीतापूर्वक ध्यान दिएको देखिदैन,” सांसद भूसालले भने, “शिक्षकको माग सरकारले सुन्नुपर्छ, सहकारीपीडित, मिटरब्याजीपीडित पनि आन्दोलनमै छन्, सरकारले महसुस हुने गरी माग सम्बोधन गर्नुपर्छ ।”

सांसद मृगेन्द्रकुमार सिंह यादवले सङ्घीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न आवश्यक ऐन तत्काल बनाउन जरुरी भएको र त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

सरकारले जनताको निराशालाई चिर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै कानुन चाहियो भनेर कोही पनि व्यक्ति वा संस्था सडक आन्दोलनमा आउनुपर्ने अवस्था सिर्जना गर्न नहुने बताए ।

सांसद शेखरकुमार सिंहले धनुषामा तीन÷चार वर्षदेखि खेतबारी बाँझै भएको उल्लेख गर्दै पानी नभएका कारण खेतीयोग्य जमिनमा उत्पादन गर्न नसकिएको बताए । उनले तत्तकाल सिँचाइको व्यवस्थासमेत गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद तुलप्रसाद विश्वकर्माले विद्यालय ऐन जारी गर्न माग गर्दै शिक्षक लामो समयदेखि सडक आन्दोलनमा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आर्थिक भारपर्ने भएपनि शिक्षकको माग सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै शिक्षाजस्तो क्षेत्रलाई राज्यले उपेक्षा गर्न नहुने उनको भनाई थियो ।

View : 76

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved