Biratnagar, Morang, Nepal
२४ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामका प्राविधिक अधिकृत थन्दारको दुर्घटनामा निधन

उद्‌घोष संवाददाता
२४ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगरस्थित तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम (रेडियो नेपाल) मा कार्यरत प्राविधिक अधिकृत प्रकाश थन्दारको सडक दुर्घटनामा परी निधन भएको छ ।

सुनसरीको गढी गाउँपालिका–२ घर भएका ५५ वर्षीय थन्दार मंगलबार राती दुर्घटनामा परेका हुन् ।

दुहबी नगरपालिका–११ स्थित सिमरबना पुल नजिकैको भित्री सडकमा बा ७५ प ३११० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

मोटरसाइकलसहित चालक थान्दार सिमरबना पुलबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट मेडिकल कलेजमा पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

थन्दारको निधनप्रति रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगरमा कार्यरत कर्मचारी तथा सञ्चारकर्मीहरूले दुःख व्यक्त गरेका छन् ।

View : 74

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved