Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यालयको वार्षिकोत्सवमा विद्यार्थी दीक्षित

उद्‌घोष संवाददाता
२९ चैत २०८२, आइतवार

विराटनगर । विराटनगर–११ स्थित विराट नेशनल सेकेण्डरी स्कुलले वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा शनिबार विद्यार्थीहरूलाई दीक्षित गरेको छ । 

सोही अवसरमा विद्यार्थीहरूले आधुनिक प्रविधियुक्त विज्ञान प्रयोगशाला प्रदर्शनीसमेत गरेको जनाइएको छ । विद्यार्थीहरूले गीत, संगीत र नृत्य प्रस्तुत गरेका छन् ।

समाजसेवी मोहम्मद इर्साद अन्सारीले विद्यालयको चौतर्फी विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न आफूले विद्यालयलाई सक्दो सहयोग गर्ने बताए । 

सो विद्यालयमा मुस्लिम समुदायका विद्यार्थी मात्रै अध्ययन गर्दै आएका छन् । विद्यालयमा उर्दु अरविक भाषाका साथै नेपाली र अंग्रेजी भाषमा समेत कक्षाहरू सञ्चालन हुने गरेको जनाइएको छ ।

विद्यालयमा कम्प्युटर र विज्ञान प्रयोगशाला तथा छात्रछात्राका लागि होस्टलको सुविधा रहेको विद्यालयका प्रिन्सिपल मोहम्म द इम्तियाज अन्सारीले जानकारी दिए ।

मुसलमान समुदायका पछाडि परेका विद्यार्थीहरूलाई शिक्षामा पहु“च बृद्धि गरी गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले मन्टेश्वरी माध्यमबाट पठनपाठन गर्दै आएको उनले बताए ।

विद्यालयले आगामी शैक्षिक सत्रदेखि विद्यार्थी केन्द्रित पठनपाठनलाई ध्यानमा राखेर विद्यार्थी संख्या बढाउने योजना अघि सारेको विद्यालयका निर्देशक डा. फैजल अन्सारीले बताए ।

विद्यालयले आफ्नो स्थापनाको छोटो समयमै उल्लेखनीय प्रगति गरेकोप्रति खुसी व्यक्त गर्दै अभिभावकहरूले समेत नियमित रुपमा सहयोग गर्ने अभिभावक एमडी सद्दामले बताए ।

View : 462

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved