Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

पूर्वमुख्यमन्त्री कार्कीले हतारमा फेसबुकमा पोष्ट गर्दा......

पत्रकारहरूसँगमात्र सम्बन्धित ग्रुपमा लेखिएको च्याट मेसेन्जरप्रति अनधिकृत रुपमा पहुँच बनाएर त्यसमा प्रतिक्रिया जनाउँदा पूर्वमुख्यमन्त्री कार्की स्वभाविक आलोचित बनेका हुन् । यसबाट उनको सोचाइको संकीर्णता झल्किएको प्रेस चौतारीले आरोप लगाएको छ ।
उद्‌घोष संवाददाता
२५ भदौ २०८१, मङ्गलवार

Advertisement

विराटनगर । सरोकार नै नभएको विषयमा हतारमा सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आलोचित भएका छन् ।

नेपाल पत्रकार महासंघसँग सम्बन्धित एक फेसबुक ग्रुपमा पत्रकार अबिजाल बिष्टले लेखेको कमेन्टलाई आफ्नो राजनीतिक मसला बनाउने प्रयासका साथ आइतबार साँझ स्टाटस लेखेर कार्की बिहानसम्म आफै टिक्न नसक्दा उनी आलोचित बनेका हुन् ।

उनको स्टाटसप्रति बिष्ट अध्यक्ष रहेको प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिले गम्भीर आपत्ति जनाउँदै २४ घण्टाभित्र माफी माग्न पूर्वमुख्यमन्त्री कार्कीलाई चेतावनी दिएको छ ।

चौतारीका उपाध्यक्ष सुमन पुरीले सोमबार विज्ञप्ति जारी गर्दै कार्कीले २४ घण्टाभित्रमा लिखित र सार्वजनिक रुपमा माफी नमागे कानूनी उपचारमा जाने चेतावनी दिएका छन् ।

बिष्टले मेसेन्जर ग्रुपमा लेखेको स्टाटसलाई स्क्रिन सट गरेर कार्कीले स्टाटस लेखेपछि प्रेस चौतारीले आक्रोसित भएको हो । कार्कीले आइतबार साँझ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चौतारी अध्यक्ष बिष्टलाई स्टाटस लेख्न लगाएर आफूलाई श्रद्धाञ्जली दिएको आसयको स्टाटस लेखेका थिए ।

यद्यपि बिष्टले पत्रकारहरूको मेसेन्जर ग्रुपमा एक जना पत्रकारका पिताको निधन भएपछि उनलाई श्रद्धाञ्जली लेखेका थिए ।

पत्रकारहरूसँगमात्र सम्बन्धित ग्रुपमा लेखिएको च्याट मेसेन्जरप्रति अनधिकृत रुपमा पहुँच बनाएर त्यसमा प्रतिक्रिया जनाउँदा पूर्वमुख्यमन्त्री कार्की स्वभाविक आलोचित बनेका हुन् । यसबाट उनको सोचाइको संकीर्णता झल्किएको प्रेस चौतारीले आरोप लगाएको छ ।

पूर्वमुख्यमन्त्री कार्की अहिले केही राजनीतिक मुद्दा उठाएर मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध आमरण बस्ने तयारीमा छन् ।

प्रदेशका १० वर्षमुनिका बच्चाहरूलाई निःशुल्क उपचार गर्ने आफ्नो कल्याणकारी कार्यक्रम निरन्तर हुनुपर्नेसहितका माग राखी उनी अनसनको तयारीमा लागेका हुन् ।

सोही मागका विषयमा कार्कीले आइतबार र सोमबार लगातार पत्रकार सम्मेलन गरेर वर्तमान सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् ।

View : 633

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved