Biratnagar, Morang, Nepal
१९ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

१५औँ महाधिवेशनमा सहमहामन्त्रीको दौडमा उत्रिए अमृत अर्याल

उद्‌घोष संवाददाता
१८ असोज २०८३, आइतवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्याल आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदको दाबी गर्दै मैदानमा उत्रिएका छन् । 

कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय अर्यालले सहमहामन्त्री पदमा विजयी गराउन आग्रह गरेका छन् । 

अर्याल मोरङ कांग्रेसको सभापति दुई पटक भइसकेका छन् । चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मोरङ–५ बाट निर्वाचित हुँदै उनी संघीय संसदमा पुगेका थिए । त्यसपछि २०७४ सालमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने पनि उनी निर्वाचित हुन सकेनन् ।

२०७९ सालको निर्वाचनमा भने उनी मोरङ–५ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भए । उनले १६ हजार १०२ मत प्राप्त गरेका थिए ।

२०७८ सालमा कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका अर्यालले २ हजार ३८९ मत प्राप्त गरेका थिए ।

प्रदेशसभा सदस्य बनेपछि अर्याल कांग्रेस प्रदेश संसदीय दलको नेताका लागि समेत प्रतिस्पर्धामा उत्रिए ।

२०८२ सालमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित खुला केन्द्रीय सदस्य चयन भएका अर्याल आजबाट सुरु भएको १५औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । 

मोरङ क्षेत्र नं. ५ अन्तर्गतका २४ वटै वडामा वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन सर्वसम्मत गराउन उनको महत्वपूर्ण पहल छ ।

त्यस्तै, १५औँ महाधिवेशनअन्तर्गत मोरङ–५ बाट अर्याल सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन् ।

View : 73

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved