Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

नेपाल परिवारद्वारा विश्व शान्तिको कामना

उद्‌घोष संवाददाता
११ जेठ २०८१, शुक्रवार

विराटनगर । विश्व शान्ति तथा परिवारको शान्तिको कामना गर्दै नेपाल परिवार कुलपूजा समितिले बैशाखे पूर्णिमाको अवसरमा बिहीबार विराटनगरमा कुलपूजा तथा बन्धु भेला गरेका छन् । 

अध्यक्ष डा मीनाक्षी नेपालको अध्यक्षतामा भएको भेलामा खोटाङ हौंचुर, काभ्रे मण्डन, ताप्लेजुङ, इलाम, धनकुटा, बयरवन, बेलवारीसहितका स्थानबाट आएका एक सय २६ घरका दुई सय ७० व्यक्तिको उपस्थिति रहेको सहसचिव भागवत नेपालले बताए । 

सो अवसर कुलदेवताको  कोरी पूजा, अग्नी स्थापना विधिले हवन, लाख वत्ती प्रज्वलन गरिएको सदस्य टीकाप्रसाद नेपालले बताए । 

विराटनगर–८ हाटखोलामा सभा दुई कठ्ठा जग्गामा नेपालहरुकै श्रमदान तथा चन्दाबाट बनाइएको भवन परिसरमा  कुलपूजा सम्पन्न भएको सचिव तुलसीराम नेपालले बताए । 

समितिले हत्या हिंसालाई अन्त्यको कामना गर्दै विश्व शान्तिको कामना गर्दै आएको छ ।

View : 355

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved