Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विकाशानन्दको शिविर विराटनगरमा

उद्घोष सम्वाददाता
२७ चैत २०८०, मङ्गलवार

विराटनगर । योग, ध्यान र जीवन जिउने तरिकाका नेपालका प्रख्यात योगी डा. विकाशानन्दको एकदिने शिविर विराटनगरमा सञ्चालन गरिने भएको छ । 

विराटनगर–३ स्थित सप्तकोशी पार्टी प्यालेसमा २८ गते बुधबार सञ्चालन हुने शिविरमा विकाशानन्दनै उपस्थित हुने छन् । शिविरका लागि विकाशानन्द फाउण्डेशनको विराटनगरमा शाखा स्थापना गरिएको छ । आयोजक समितिका सदस्य मणिराज ढकालका अनुसार विहान १०ः३० देखि अपरान्ह ४ बजेसम्म विकाशानन्दले योग र ध्यान गराउंने कार्यक्रम बनाइएको छ ।

ध्यान कसरी गर्ने, निरोगी जीपन कसरी जिउने, मनमा रहेका डर, त्रास तथा बिभिन्न किसिमका फोबिया (डर ) हरुलाई कसरी हटाउंने, मनमा रहेका नकारात्मक सोचाइलाई कसरी सकारात्मक बनाउने, आफू भिक्रको शत्ति कसरी पहिचान गर्ने विषयमा विकाशानन्दले प्रशिक्षित गर्ने छन् । शिविरमा उनले मानसिक समस्याबाट जोगिने उपाय पनि सिकाउने छन् ।

घर र परिवार भित्रका समस्या समाधानका उपाय सिक्न पाइने बताउँंदै आयोजक समितिका सदस्य नवराज पोखरेलले मानिसले आफ्नो मनलाई जे सूचना दियो त्यही कुरा हुन्छ भन्ने विकाशानन्दले शिविरमै प्रमाणित गरेर देखाउंने बताए । स्मरण शक्ति बढाउने तरिका, समस्यालाई अवसरमा बदल्ने तरिका, शरीरमा रहेका रिस, धुमपान, मद्यपानलगायतबाट छुटकारा पाउने तरिका पनि सिकाइने छ ।

यस्तै विकाशानन्दले आफूमा भएका कम्जोरी हटाएर सही गन्तब्य पहिल्याउने तरिका, झयमुक्त, शत्तिशाली, आत्मविश्वासयुक्त, आँटेका कामलाई पूरा गर्ने तरिका सिकाउने छन् । मानिसले आफ्नो शरीरमा भएको शक्तिलाई पहिचान गरेर सदुपयोग गर्ने तरिका पनि उनले सिकाउंने आयोजक समितिमा रहेका राजधानी युवा क्लवका अध्यक्ष राजु ढकालले बताए । 

‘आफ्नो लागि साधना, अरुका लागि सेवा’ भन्ने नाराका साथ शिविर सञ्चालन गरेर स्थानीय समितिले विराटनगरका धेरै मानिसलाई लाभ दिने प्रयास गरेको बताइएको छ । ध्यानका लागि पार्टी प्यालेसको हलभित्र ब्यवस्थापन गरिएको छ ।

मानिसको उपस्थिति अनुसार अर्को हलमा पनि एलईडी लगाएर विकाशानन्दकै अगाडि ध्यान र योग गर्ने ब्यवस्था गरिने बताइएको छ ।

View : 94

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved