Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मकालुमा स्काउट तालिम

उद्‌घोष सम्वाददाता
२५ कार्तिक २०८०, शनिवार

विराटनगर : संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा नेपाल स्काउटको आधारभूत तालिम (५५२ औं बीटीसी र ४०४औं पीटीसी) सम्पन्न भएको छ । मकालु गाउँपालिकाको सहयोग तथा नेपाल स्काउट स्थानीय तदर्थ समितिको आयोजनामा पाँच दिने तालिम शुक्रबार सम्पन्न भएको जनाइएको छ । 

तालिममा मकालु गाउँपालिकाका विभिन्न वडाबाट ३७, भोटखोला गाउँपालिकाबाट ७ र सिलिचोङ गाउँपालिकाबाट ३ जना गरी २९ पुरुष र १८ महिलासहित ४७ जनाको सहभागीता रहेको नेपाल स्काउट कोशी प्रदेश तदर्थ समितिका कार्यालय अधिकृत नवराज घिमिरेले जानकारी दिए ।

मकालु गाउँपालिका–३, हेदाङ्नास्थित राजारानी आधारभूत विद्यालयमा आयोजित तालिमको कोर्स लिडर सहायक राष्ट्रिय प्रशिक्षक सिवानी देवान र नारायण श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा मकालु गाउँपालिकाकी उपप्रमुख एवं प्रमुख स्काउट मनकला राई, नेपाल स्काउट कोशी प्रदेश तदर्थ समिति संयोजक रवि खनाल, सल्लाहकार समिति सदस्य दुर्गाबहादुर बिष्टसहित स्काउट लिडरहरु, स्थानीय वडाका जनप्रतिनिधि, स्थानीय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतले शुभकामना दिएका थिए ।

स्थानीय स्काउट समिति संयोजक रेशम राईको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन र समापन कार्यक्रमको संचालन स्थानीय स्काउट समितिका सदस्य जोगविर राईले गरेको जनाइएको छ । अरुण तेस्रो जलविद्युत उत्पादन स्थलमा रुपमा चिनिएको हेदाङ्नामा स्काउटको तालिम हुनु खुशीको कुरा भएको स्काउटका राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्यायले बताए ।

View : 316

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved