Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

नेतृत्व सीप सम्बन्धी तालिम

१४ वैशाख २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगरमा नेतृत्व तथा टोली निर्माण सम्बन्धी तालिम कार्यक्रम ‘लिडरशिप ल्याब–२०२६’ सफलतापूर्वक सम्पन्न भएको छ ।

लायन्स क्लब विराटनगर सेन्ट्रल अन्तर्गतका लियो क्लब विराटनगर सेन्ट्रल,  सेन्ट्रल मेघा तथा सेन्ट्रल सताब्दीको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा करिब ५० जना सहभागी थिए । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा इन्द्र खत्री (राजन), पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा सन्देशदास श्रेष्ठ, सन्दीपदास श्रेष्ठ, शंकर मण्डललगायतले सहभागीहरूलाई नेतृत्व विकास, टोली निर्माण, प्रभावकारी सञ्चार तथा व्यक्तिगत विकाससम्बन्धी प्रशिक्षण दिएका थिए ।

उनीहरूले व्यवहारिक अभ्यास, समूहगत गतिविधि तथा अनुभव आदानप्रदानमार्फत सहभागीहरूलाई नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण मार्गदर्शन गरेका थिए । 
 

View : 134

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved