Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एशियन थाई फुड्स र विराटनगर किंग्सबीच साझेदारी

‘डेभिल्स हट चिकेन नुडल्स’ अब एनपीएल मञ्चमा

जाजूका अनुसार, विराटनगर किंग्ससँग हातेमालो गर्नु कम्पनीका लागि उत्साहजनक कदम हो।
उद्‌घोष संवाददाता
३ मंसिर २०८२, बुधवार

विराटनगर । एशियन थाई फुड्सले आफ्नो प्रिमियम उत्पादन डेभिल्स हट चिकेन नुडल्स ‘इट्स डेभिलिसियस’ र नेपाल प्रिमियर लिग (एनपीएल)को टोली विराटनगर किंग्सबीच नयाँ साझेदारीको घोषणा गरेको छ। उच्च-ऊर्जावान खेल मनोरञ्जनमा ब्राण्डको उपस्थितिलाई मजबुत बनाउने लक्ष्यसहित गरिएको यो सहकार्य कम्पनीका लागि महत्वपूर्ण उपलब्धि हुने मानिएको छ।

सहकार्यपछि डेभिल्सले एनपीएलका दर्शक तथा फ्यानहरूलाई अझ रोमाञ्चक अनुभव दिलाउने उद्देश्य राखेको छ। लिगको जोश, ऊर्जा र गतिशीलता आफ्ना हट–चिकेन नुडल्सको तिखोपन, साहसिकता र ‘डेभिलिसियस’ व्यक्तित्वसँग पूर्ण रूपमा मेल खान्छ।

एशियन थाई फुड्सका निर्देशक आशीष जाजूका अनुसार, विराटनगर किंग्ससँग हातेमालो गर्नु कम्पनीका लागि उत्साहजनक कदम हो। ‘यसले हामीलाई लिगको रोमाञ्चन मनाउन र फ्यानहरूलाई खेलको उत्साह जस्तै मसालेदार, स्वादिलो अनुभव दिन मद्दत गर्छ। हामी यो सिजनलाई झनै ‘डेभिलिसियस’ बनाउन एकसाथ अघि बढ्न उत्सुक छौँ’ जाजूले भने ।

ब्राण्डले समर्थकहरूलाई विराटनगर किंग्सको यात्रासँगै डेभिल्सको जोश र ऊर्जा अनुभव गर्न आह्वान गरेको छ। हालसालै बजारमा आएका डेभिल्स हट चिकेन नुडल्सले आफ्नो तीव्र हट-चिकेन स्वादका कारण छोटो समयमा नै बलियो उपस्थिति बनाइसकेको कम्पनीको दाबी छ।

‘नेपालकै उत्कृष्ट स्वाद, यो डेभिलिसियस छ’ भन्ने नारासहित बजारमा आएको यो नुडल्समा मसलाको सन्तुलित र उत्कृष्ट स्वाद रहेको कम्पनीले जनाएको छ। यो विशेषगरी पिरो र मसलेदार स्वाद रुचाउने उपभोक्ताहरूलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

View : 383

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved