Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षकहरू फेरि आन्दोलित

उद्‌घोष संवाददाता
६ माघ २०८१, आइतवार

विराटनगर । सरकारले शिक्षकहरूका लागि योगदानमा आधारित निवृत्तीभरण कोष सञ्चालन सम्बन्धी व्यवस्थालाई अध्यादेशमार्फत ल्याएको भन्दै शिक्षकहरू आन्दोलित बनेका छन् । विभिन्न दलनिकट शिक्षक संघ, संगठन र शिक्षक महासंघले विरोध जनाएका हुन् ।

अध्यादेशमार्फत योगदानमा आधारित निवृत्तिभरण कोषको व्यवस्था गरेको भन्दै शिक्षकहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले पुस २९ मा जारी भएको अध्यादेश फिर्ता लिनसमेत सरकारलाई आग्रह गरेका हुन् । 

नेपाल शिक्षक महासंघ केन्द्रीय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय महासचिव हंशबहादुर शाही, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष शंकर अधिकारी, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हिक्मतबहादुर बस्नेत लगायतले प्रेस विज्ञप्तिमार्फत अध्यादेश फिर्ता लिन माग गरेका हुन् ।

संघीय शिक्षा ऐन छलफलको क्रममा र यही आउँदो हिउँदे अधिवेशनबाट पारित हुने सम्भावना रहेकाले सरकारले हतारमा शिक्षकहरूको मनोबल गिर्नेगरी अध्यादेश ल्याएको उनीहरूले आरोप लगाए ।

सरोकारवालासित कुनै छलफल नै नगरी ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गरे ।

२०८० असोज ५ र १२ गते नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक केन्द्रीय समितिसँग सरकारले गरेको सम्झौताविपरीत अध्यादेश आएको उनीहरूको भनाइ छ । साथै अध्यादेश फिर्ता नलिए महासंघको नेतृत्वमा आन्दोलनमा उत्रिने समेत चेतावनी दिएका हुन् ।

त्यसका लागि नेपाल शिक्षक महासंघ केन्द्रीय समितिले माघ १६ र १७ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाइएको जनाएको छ ।

View : 381

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved