विराटनगर : नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य सन्तोष बरालको निधन भएको छ ।
विराटनगरस्थित घरमा सोमवार साँझ उनको हृदयघातबाट निधन भएको हो । एमाले मोरङमा उनी सादगी नेताको रुपमा चिनिदै आएका थिए । केही समयदेखि उनी कमलपित्तबाट पीडित थिए । सोमवार अचानक वेहोस भएका उनको कोशी अस्पतालमा पुर्याउन साथ मृत्यु भएको बताइएको छ ।
तत्कालिन समयमा जनमोर्चाका निर्मल लामा निकट रहेर विद्यार्थी राजनीतिमा छिरेका उनी विसं २०५४ सालमा नेकपा माओवादी हुँदै ५८ सालदेखि नेकपा एमालेमा प्रवेश गरी मजदुर संगठनमा काम गर्दै भूगोलमा जिल्ला सचिवालय सदस्यको भूमिकामा काम गर्दै आएका थिए ।
उनीमा सवै नेता कार्यकर्तासँंग मिलेर वस्ने क्षमता रहेको महानगर अध्यक्ष सागर थापाले बताए । बराल पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने संस्कारको विरुद्ध लागिपर्ने मोरङका इमान्दार कार्यकता रहेका पूर्व जिल्ला सचिवालय सदस्य दिनेश राईले बताए । स्वर्गीय बरालका श्रीमती, १ छोरी र दुई छोरा छन् ।
View : 425
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved