Biratnagar, Morang, Nepal
२९ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
साहित्य

डा. अस्मिता बिष्टको 'समयशालामा नृत्यमग्न आकृति' लोकार्पण

उद्‌घोष संवाददाता
२८ असोज २०८३, बुधवार

Advertisement

धरान । महेन्द्र बहुमुखी क्याम्पस, धरानको अङ्ग्रेजी विभागद्वारा आयोजना गरिएको एक विशेष समारोहमा निबन्धकार डा. अस्मिता बिष्टको नयाँ निबन्ध सङ्ग्रह 'समयशालामा नृत्यमग्न आकृति' लोकार्पण गरियो।

धरानका प्रमुख साहित्यकारहरू, प्राज्ञहरू र विद्यार्थीहरूको उपस्थितमा उक्त कृतिको लोकार्पण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं प्राज्ञ विवश पोखरेल थिए भने समारोहको सभापतित्व अङ्ग्रेजी विभाग प्रमुख डा. मोहन पोखरेलले गरेका थिए।

कृति लोकार्पणपछि कार्यक्रममा समीक्षकहरूले पुस्तकमाथि आफ्ना विचारहरू प्रस्तुत गरेका थिए ।

 

समीक्षक प्राडा इन्दिरा मिश्र र डा. दीपक न्यौपानेले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै 'समयशालामा नृत्यमग्न आकृति' भित्र जीवनदर्शन, समाज, देश, प्रकृति, अधिकार र स्वतन्त्रता, साहित्य, संस्कृति र सभ्यता जस्ता विविध विषयहरूलाई समेटिएको बताए ।

उनीहरूले निबन्धहरूमा काव्यात्मक स्वाद र गहिराई रहेको औंल्याउँदै डा. बिष्टको लेखनीको प्रशंसा गरे ।

 

प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले आफ्नो सम्बोधनमा एक सफल कविले साहित्यका जुनसुकै विधामा पनि सफल कलम चलाउन सक्ने धारणा व्यक्त गरे ।

उनले निबन्धकार डा. बिष्ट मूल रूपमा कवि भए तापनि निबन्ध विधामा पनि उत्तिकै बलियो र सम्भावना बोकेर आएको बताए ।

उनले निबन्धहरूमा रहेका विषयको विविधता र कलात्मक शिल्पशैलीले पाठकको मन जित्ने विश्वास व्यक्त गरे ।

 

लोकार्पण समारोहमा निबन्धकार डा. अस्मिता बिष्टले पाठकहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै आफ्नो कृति र लेखन अनुभवबारे जानकारी दिइन् ।

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित यस निबन्ध सङ्ग्रहभित्र जम्मा सत्रवटा निबन्धहरू समावेश छन् ।

कार्यक्रमको सञ्चालन डा. जीवन राईले गरेका थिए। कार्यक्रममा साहित्य प्रेमी, विद्यार्थी र धरानका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थित थियो ।

View : 102

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved