Biratnagar, Morang, Nepal
१६ साउन २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

जक घटनाका पीडितको विवरण खुलाउने व्यक्ति पक्राउ

उद्‌घोष संवाददाता
१५ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर । जबरजस्ती करणी (जक) घटनाका पीडित पक्षको विवरण खुलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कोशी आवाज नाम गरेको फेसबुक पेजमार्फत पीडितको विवरण खुलाएर अनुसन्धान प्रभावित पार्ने चन्द्रकुमार पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार एक बालिकामाथि भएको सामूहिक जबरजस्ती करणी घटनासम्बन्धी समाचार सम्प्रेषण गर्दै पासवानले अनुसन्धानमा असर पर्ने गतिविधि गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडित बालिकाको परिवारका सदस्यसँगको वास्तविक परिचय खुल्ने गरी भिडियो प्रसारण गरेका थिए । 

सो सामग्रीले अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने देखिएको भन्दै आइतबार पक्राउ मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनले अनुसन्धानको गोपनीयता तथा पीडितको पहिचान संरक्षण गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संवेदनशील विषयमा जिम्मेवारीपूर्वक सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत आग्रह गरे ।

View : 57

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved