विराटनगर । जनता आधारभूत विद्यालय विराटनगर–१२, दरहियामा अध्ययनरत विद्यार्थीका लागि निर्माण गरिएको आधुनिक शौचालयको मंगलबार उद्घाटन गरिएको छ ।
विराटनगर–१२ का वडासदस्य कुशेश्वर राजवंशी, लायन्स क्लबका प्रस्तावित गभर्नर उदयनारायण बराल र दाताको तर्फबाट नवराज दाहालले नवनिर्मित शौचालयको उद्घाटन गरेका हुन् ।
अमेरिका बस्दै आएकी सोनु मल्लले व्यक्तिगत पहलबाट लायन्स क्लब क्वीन बुद्ध न्यूयोर्कमार्फत शौचालय निर्माणका लागि पाँच लाख ८५ हजार रुपैयाँ उपलब्ध गराएकी थिइन् ।
कार्यक्रममा नेपाल विश्वविश्वविद्यालय निजी कलेज संघ (नुप्का)का अध्यक्ष तीर्थराज घिमिरे, मल्लका श्रीमान नवराज दाहाल, . विद्यालयका प्रधानाध्यापक ओम ढकाल, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रोशनी राजवंशीले महानगर भएर पनि दरहिया पिछडिएको क्षेत्र भएकोले जनता आधारभूत विद्यालयलाई मल्लले गरेको सहयोग सराहनीय रहेको बताए ।
View : 136
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved