Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

अपडेट

दूधकोशीको तटीय क्षेत्रका बासिन्दालाई चाँडो सुरक्षित ठाउँमा जान ओखलढुंगा प्रशासनको आग्रह

उद्‌घोष संवाददाता
३२ साउन २०८१, शुक्रवार

Advertisement

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रबाट आएको भिषण बाढीले दूधकोशी नदीमा ठुलो बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई तत्कालै सुरक्षित स्थानमा जान ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् ।

शुक्रबार अपरान्ह अचानक आएको बाढीले थामे क्षेत्रमा ठुलो क्षति पुर्‍याएको जनाइएको छ । त्यहाँ हिमताल फुटेको आशंका गरिएपनि यकिन भने हुन सकेको छैन । 

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले केहीबेर अघि सूचना जारी गर्दै दूधकोशी नदीको तटीय उ किनारामा रहेका बासिन्दालाई यथाशक्य चाँडो सुरक्षित स्थलमा जान आग्रह गरेका हुन् ।

‘प्रस्तुत विषयमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङलामु गाउँपालिका वडा नं. ५ स्थित थामेबाट अत्याधिक तिब्र गतिमा बाढी आई (हिमताल फुटेको आशंकामा) दूधकोशी नदीमा ठूलो बाढी आइरहेको सूचना सञ्चारमाध्यमबाट प्राप्त हुन आएकाले दूधकोशी नदी तटीय छेउ किनारामा रहेका बासिन्दाहरूलाई यथाशक्य चाँडो सुरक्षित स्थल तर्फ गई सुरक्षित रहनु हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ ।’ सूचनामा भनिएको छ ।

View : 527

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved