Biratnagar, Morang, Nepal
२८ जेठ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

रास्वपा कोशी प्रदेशको सभापतिमा बालेन निकट चन्द्र बहादुर राई निर्वाचित

उद्‌घोष संवाददाता
२८ जेठ २०८३, बिहिवार

Advertisement

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको सभापतिमा प्रधानमन्त्री बालेन्द्र शाह निकट चन्द्र बहादुर राई निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार राईले २८० मत प्राप्त गर्दै प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । 

निर्वाचनमा वर्तमान सभापति गोमा तामाङ (सरिन) पराजित भइन् । उनले १४१ मत प्राप्त गरेकी छन् । 

सभापतिमा पराजित भएकी तामाङले मतदाताहरूलाई धन्यवाद दिंदै आजैबाट राजनीतिको बिट मारेको पनि घोषणा गरेकी छन् । 

पाँच बर्षे कार्यकाल रहेको प्रदेश समितिको सभापतिमा राई र तामाङसहित चारजना प्रतिष्पर्धामा उत्रिएका थिए ।

सभापतिका उम्मेदवारहरू मध्ये डा. खगेन्द्र कटुवालले ४१ र चन्द्र कुमार गौलीले २७ मत प्राप्त गरेको जनाइएको छ । 

सभापति पदका लागि भएको निर्वाचनमा ४९० मत खसेको मध्ये ४८९ मत सदर भई एक मत भने बदर भएको जनाइएको छ ।

सभापति निर्वाचित भएका राई मोरङको बेलबारीका बासिन्दा हुन् ।

View : 128

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved