विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको ७२ औं वार्षिकोत्सवको अवसरमा तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् ।
शनिबार आयोजित विशेष समारोहमा प्राध्यापकहरू बद्री बानियाँ, तीर्थ शाक्य र डा. सुजित साह तथा कर्मचारीहरू प्रमोद कामत र नमिता निरौला सम्मानित भएका हुन् ।
प्रा.डा. देवीबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाइ, माला, प्रमाणपत्र र पदक प्रदान गरी सम्मान गरिएको थियो ।
क्याम्पसको गरिमा उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेबापत उनीहरू सम्मानित भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. रामावतार शरण, सहायक प्रमुख शिवचन्द्र चौधरी, त्रिवि प्राध्यापक सङ्घका इकाइ अध्यक्ष नवीन अधिकारी, पुरस्कार छनोट समितिका संयोजक प्रा.डा. तिलक गौतम, सदस्य सीताराम चम्लागाईं, पुरस्कृत व्यक्तित्वहरू बद्री बानियाँ र प्रमोद कामत तथा डा. डिल्ली पोखरेल, अर्जुन तामाङ, डा. अच्युतराज कट्टेल, जे.पी. सिंह लगायतले क्याम्पसको उत्कृष्टताको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा वक्ताहरूले पूर्वको यस ऐतिहासिक क्याम्पसको गरिमा र साखलाई आगामी दिनमा पनि उँखो राख्दै अघि बढ्नुपर्नेमा विशेष जोड दिएका थिए ।
महेन्द्र मोरङ क्याम्पस, विराटनगरले २०७५ सालदेखि नियमित रूपमा वार्षिकोत्सव तथा सम्मान कार्यक्रमको आयोजना गर्दै आएको सहायक प्रमुख रवि रोकाले जानकारी दिए ।
View : 113
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved