Biratnagar, Morang, Nepal
१३ भदौ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बाढीपीडितको राहतमा जुट्न पूर्वाञ्चल विश्वविद्यालयको अपिल

उद्‌घोष संवाददाता
१२ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापना अभियानमा जुट्न पूर्वाञ्चल विश्वविद्यालयले विश्वविद्यालय परिवारलाई आह्वान गरेको छ।


विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्टाले शुक्रबार अपिल जारी गर्दै प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी, आङ्गिक तथा सम्बन्धनप्राप्त कलेज र विश्वविद्यालयका सबै निकायलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका हुन्।


अपिलमा आर्थिक सहयोग, अत्यावश्यक राहत सामग्री, रक्तदान, स्वयंसेवा, प्राविधिक तथा व्यावसायिक विशेषज्ञता, मनोसामाजिक सहयोग तथा प्रभावित विद्यार्थी र परिवारलाई आवश्यक सहयोग गर्न सकिने उल्लेख छ।


विश्वविद्यालयले राहतका प्रयासलाई प्रभावकारी र पारदर्शी बनाउन नेपाल सरकार, स्थानीय तह, मानवीय सहायता संस्थालगायत सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्नसमेत आग्रह गरेको छ।


“यो केवल सहानुभूति व्यक्त गर्ने समय होइन, एकजुट भएर कार्य गर्ने समय हो,” उपकुलपति मरहट्टाले अपिलमा भनेका छन्।


उनले विश्वविद्यालय समाजबाट अलग संस्था नभएकाले राष्ट्र संकटमा रहेका बेला पीडित नागरिकको साथमा दृढतापूर्वक उभिनुपर्ने बताएका छन्।

View : 215

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved