Biratnagar, Morang, Nepal
२० असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

रंगेलीमा छात्रासँग उपमेयर कार्यक्रम

उद्‌घोष संवाददाता
१९ असार २०८३, शुक्रवार

Advertisement

रंगेली । मोरङको रङ्गेली नगरपालिकाले बुधबार सामुदायिक विद्यालयमा अध्ययनरत ३०० बढी छात्रासँग ‘छात्रासँग उपमेयर कार्यक्रम’ कार्यक्रम सम्पन्न गरेकोे छ । 

‘रंगेलीको इच्छा, छोरीलाई शिक्षा’ भन्ने नारासहित सो कार्यक्रमको आयोजना गरिएको हो । पालिकाले १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का सहभागी छात्राहरुलाई कार्यक्रममार्फत झोला र शैक्षिक सामग्रीले सम्मान गरेको छ ।

अवसरमा छात्राहरूलाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । किशोरी अवस्थामा शारीरिक तथा मानसिक विकास, कुलत र कुसंगतबाट बच्ने उपाय,  साइबर अपराधबाट जोगिने उपाय, तनावमुक्त हुने उपाय तथा शारीरिक परिवर्तन सँगसँगै स्वभावमा आएको परिवर्तन विषयमा विज्ञले अभिमुखीकरणमार्फत सहजीकरण गरेका छन् ।

कार्यक्रम रंगेली नगरपालिकाकी कार्यवाहक नगर प्रमुख भूमा पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, शिक्षा अधिकृत लीलादेवी ओझा, प्रधानाध्यापक एवं शिक्षकहरू, शिक्षामा सरोकार राख्ने निकाय लगायतको सहभागिता रहेको थियो ।
रंगेली नगरपालिकाले विगतका दिनदेखि नै छात्रासँग उपमेयर कार्यक्रम गर्दै आएको छ । 

अभिमुखीकरण कार्यक्रममा सहभागी छात्राहरू चेतना खवास संगम तामाङ भूमिका गिरी लुना झाकर लगायतले कार्यक्रम अत्यन्तै राम्रो लागेको र आफूहरूले कार्यक्रमबाट नयाँ कुरा सिक्ने अवसर मिलेको बताएका थिए ।

View : 66

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved