Biratnagar, Morang, Nepal
९ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुरक्षित वायरिङका लागि राठी समूहको इलेक्ट्रिसियन भेटघाट

उद्‌घोष संवाददाता
८ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । सुरक्षित वायरिङका लागि उपयुक्त तार छनोटबारे सचेतना फैलाउने उद्देश्यले राठी समूहले धनगढी र नेपालगन्जमा केही दिनअघि इलेक्ट्रिसियन भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

दुवै ठाउँमा आयोजित कार्यक्रममा करिब ५ सय जना इलेक्ट्रिसियन सहभागी भएको आयोजकले जनाएको छ । कार्यक्रममा धनगढी र नेपालगन्जका इलेक्ट्रिक एसोसिएसनका अध्यक्षहरूको समेत उपस्थिति थियो ।

कार्यक्रममा सुरक्षित वायरिङका लागि उपयुक्त तार छनोट, घर तथा भवनको विद्युतीय सुरक्षा र वातावरण संरक्षणका लागि उन्नत तथा वातावरणमैत्री तारको प्रयोगबारे जानकारी दिइएको थियो । विशेषगरी ‘आगो लाग्दै नलाग्ने जेडएचएफआर तार’का विशेषता र यसको प्रयोगबाट हुने सुरक्षाका विषयमा सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रमको अन्त्यमा राठी समूहको ब्रान्ड प्रस्तुति गर्दै ‘राठी जेडएचएफआर  तार, तार जसमा आगो लाग्दै लाग्दैन’ भन्ने सन्देश प्रस्तुत गरिएको आयोजकले जानकारी दिएको छ ।

अन्नपूर्णा राठी केबल इन्डस्ट्रिज लिमिटेडले घरायसी, व्यावसायिक, औद्योगिक तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने विद्युतीय केबल उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार आफ्नै प्रयोगशालामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विभिन्न प्रकारका विद्युतीय केबल तथा सामग्री उत्पादन हुँदै आएको छ ।

कम्पनीले होम केबल, इन्डस्ट्रियल केबल, भोल्टेज कभर कन्डक्टर, सबमर्सिबल केबल, एलभी पावर केबल, एचटी कन्डक्टर, एसीएसआर कन्डक्टर, एबीसी केबल, एफआरएलएस तथा एफआर केबललगायतका सामग्री उत्पादन गर्दै आएको जनाएको छ ।

View : 24

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved