काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा अराजक शैलीमा प्रस्तुत भएकी छन् । उनले मन्त्री तिम्सिनाकै अगाडि टेबुल ठोक्दै डाङडाङ र डुङडुङ पारिन् ।
बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो ।
बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि आफूहरूमाथि नराम्रा मुद्दा लगाउने गरिएको गुनासो गरे ।
उनले काम गरिरहँदा पनि सांसदहरूले दबाब दिने गरेको भन्दै विषय बुझेर मात्रै धारणा बनाउन आग्रह गरे ।
त्यसपछि सांसद तामाङ र मेयर महर्जनबीच भनाभन भएको थियो । विवाद चर्किएपछि सञ्चारमन्त्री तिमिल्सिनाले मध्यस्थता गर्दै माहोल शान्त पार्ने प्रयास गरेका थिए । तर, सांसद तामाङले अभद्र शैलीको व्यवहार देखाउँदै बैठक छाडेर निस्किइन् ।
View : 53
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved