घर निर्माण प्रदर्शनी :
विराटनगर । अहिले जस्तोसुकै घरका लागि पनि नियमित विद्युत आपूर्ति अनिवार्यजस्तै बनेको छ । एकछिन पनि अध्यारोमा बस्न र विद्युतको प्रयोगबाट चल्ने उपकरण प्रयोग नगरी कोही पनि दैनिक कामकाज चलाउन सक्दैनन् ।
यही समस्यालाई समाधान गर्न विराटनगरमा जारी घर निर्माण प्रदर्शनीको स्टल नम्बर डि–७,८,९ मा माइक्रोटेक टोटल पावर ब्याकअप सोलुसन प्रालिको स्टलले सहजीकरण गर्दै आएको कम्पनीका निर्देशक अभिलास बंशलले जानकारी दिए ।
नयाँ बनाइसकेपछि होस् या पुरानो घरमा अथवा अफिस वा कुनै पसलका लागि, नियमित विद्युत आपूर्तिको व्यवस्थापन गर्न माइक्रोटेक कम्पनीको ब्याट्री र इन्भर्टर उपयोग बनिरहेको उनले बताए ।
१०० देखि २५० एम्पियरसम्मका अत्याधुनिक प्रविधियुक्त ब्याट्री ५० प्रतिशत डिस्काउन्टमा उपलब्ध हुँदै आएका छन् ।
प्रदर्शनीका क्रममा स्टल अवलोकन गरी कुनै पनि कम्पनीको पुरानो ब्याट्री ल्याएर ५० प्रतिशत छुटमा माइक्रोटेकको ब्याट्री लैजान सकिने सुविधा उपलब्ध गराइएको माइक्रोटेक टोटल सोलुसनका क्षेत्रीय बिक्री प्रबन्धक रमेश मण्डलले जानकारी दिए ।
त्यस्तै कम्पनीको स्टलमा सम्पर्क राखी विक्रेताबाट इन्भर्टर पनि खरिद गर्न सकिने व्यवस्था रहेको उनले बताए ।
पावर ब्याकअपका साथै, अफिस अटोमेशन र डेली ब्राण्डका उपकरणहरू पनि उपलब्ध रहेको जनाइएको छ । अफिस उपकरण अन्तरगत प्रिन्टर, पेपर सेडर, सफ्टवेयरसहितको बायोमेट्रिक एटेन्डेन्स र पे–रोल प्रणाली पनि उपलब्ध रहेको हेड बिज्नेश डेभलपमेन्ट अक्षय भुपाल गर्भले बताए ।
माइक्रोटेक टोटल सोलुसन्स कम्पनीले सुरक्षा प्रणाली अन्तरगतका विभिन्न उपकरण सामग्री पनि बिक्री गर्दै आएको जनाइएको छ ।
जस अन्तरगत नेपालकै उत्कृष्ट सीसीक्यामेरा ब्राण्ड यूएनभी र युनियार्च ब्राण्डको क्यामेराहरू बिक्री हुने गरेका छन् ।
माइक्रोटेकले आफ्ना सवै उत्पादन र उपकरणहरूका बारेमा एउटै थलोबाट जानकारी दिन प्लाजासेल डटकमडटएनपी डोमेन समेत संचालन गरिरहेको जनाइएको छ ।
View : 174
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved