Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

संघीय शिक्षा ऐन जारी गर्न आह्वान

उद्‌घोष संवाददाता
११ पुष २०८१, बिहिवार

विराटनगर । नेपाल राष्ट्रिय शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजना तथा नेपाल शिक्षक महासंघ मोरङको व्यवस्थापनमा बुधबार विराटनगरमा संघीय शिक्षा ऐन बारेमा सुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलको अध्यक्षतामा भएको कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा १४ वटै जिल्लाका शिक्षकका घटक संस्थाहरूका अध्यक्ष, सचिव तथा प्रतिनिधिहरुबीच छलफल गरी सुझाव संकलन गरिएको हो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघमा आबद्ध १५ वटा घटक संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रममा  नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमैया पराजुली, नेपाल शिक्षक संघ राष्ट्रिय समितिका अध्यक्ष सोमनाथ गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठन राष्ट्रिय समितिका महासचिव कुलप्रसाद खतिवडा, विद्यालय परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीलगायतका शिक्षक नेताहरूले संघीय शिक्षा ऐन हिउँदे अधिवेशनबाट नआए अधिवेशन सुरु भएको एक हप्तापछि काठमाडौं केन्द्रित आन्दोलन गरेर शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिने बताएका थिए ।

वक्ताहरूले संघीय शिक्षा ऐन शिक्षकलाई भन्दा पनि राज्यलाई शिक्षा क्षेत्र सञ्चालन गर्न जरुरी रहेको उनीहरुको भनाइ थियो । महासंघले सातवटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । 

यसअघि बागमती प्रदेश र मधेस प्रदेशमा त्यस्तो छलफल भैसकेको बताइएको छ । 

सबै प्रदेशबाट संकलित सुझावहरुलाई एकीकृत गरी केन्द्रीय सरकारलाई बुझाउने आयोजककहरुले जनाएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले भने नेपाल शिक्षक महासंघको कार्यक्रम बहिष्कार गरेको थियो ।

View : 419

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved